सामुदायिक वन

आगामी पाँच बर्षको अवधीमा सामुदायिक वनबाट उत्पादन हुने वन पैदावारको विवरण

यो कार्ययोजना अवधीमा हस्तान्तरित सामुदायिक वनहरुबाट (तराई क्षेत्रको हस्तान्तरित सा.ब. बाट) बार्षिक रुपमा ६७,२६९ क्यू.फि.काठ र ९८ चट्टा दाउरा संकलन गर्न सकिने देखिन्छ । चुरक्षेत्रको सामुदायिक वनबाट बार्षिक रुपमा २९,०८१ क्यू.फि. काठ र ८२ चट्टा दाउरा संकलन गर्न सकिने देखिएतापनि भौगोलिक संबेदनशिलताको कारण संरक्षण गर्नुपर्ने आवश्यक्तालाई मध्यनजर गर्दै यस क्षेत्रको हस्तान्तरीत सामुदायिक वनबाट ढलापडा मात्र संकलन गरिने प्रस्ताव गरिएको छ तर यस योजना अवधीमा वन तथा भू संरक्षण मन्त्रालय, वन विभागबाट वा संबन्धित निकायबाट वन पैदावार संकलन तथा ब्यबस्थापन संबन्धि नयाँ परिपत्र तथा नीति निर्देशन आएको खण्डमा सोही परिपत्र तथा नीति निर्देशनलाई आधार मानेर वन पैदावार संकलन एवं ब्यबस्थापन गरिने छ । त्यसैगरी जिल्लामा पाईने प्रमुख ३४ प्रजातिको जडिबुटीहरु बार्षिक रुपमा ९,९०३ के.जी.बार्षिक रुपमा संकलन गर्न सकिने देखिन्छ । सामुदायिक वनबाट बार्षिक रुपमा संकलन गर्न सकिने काठदाउराको बिवरण तपसिलको तालिका नं. २.१२ मा, आगामी ५ बर्षको अवधीमा निकाल्न सकिने काठदाउराको विवरण अनुसूची १९ मा र जडिबुटी संबन्धि विवरण अनुसूची २२ र २३ मा उल्लेख गरिएको छ ।

आगामी पाँच बर्षको अवधिमा हस्तान्तरण हुन सक्ने वनक्षेत्र

वन व्यवस्थापन कार्ययोजनाले आवदी छेउछाउका साना वन क्षेत्रहरु, छरिएर रहेका, हैसियत विग्रेका वन क्षेत्रहरु, झाडी र घाँसे मैदान युक्त वन क्षेत्रहरुलाई संभाव्य सामुदायिक वन क्षेत्रको रुपमा दिन सकिने गरि छुट्याएको छ । उल्लेखित क्षेत्रहरुको व्यवस्थापन उपभोक्ता समूह द्वारा गरिने र त्यसको फाइदा समेत उनीहरुले नै लिन पाउने व्यवस्था भएबाट उत्पादन वनका ब्लकहरुमा पर्ने चापलाई न्यूनिकरण गर्न सकिने भएको हुँदा बार्षिक रुपमा कम्तिमा १५ वटा सा.ब. हस्तान्तरण गरिने लक्ष्य सहित यस योजना अवधीमा जम्मा ७५ वटा सामुदायिक वन उपभोक्ता समुहहरुलाई करिव १०,००० हेक्टर वनक्षेत्र सामुदायिक वनको रुपमा हस्तान्तरण गरिने छ ।

सामुदायिक वनबाट गत योजना अवधिमा संकलन तथा निकासी भएको वन पैदावारको परिमाण

सामुदायिक वन क्षेत्रबाट गत योजना अवधीमा संकलन तथा निकासी भएका वन पैदावारहरुको विवरण यसै खण्डको दफा नं.२.६ मा उल्लेख गरिएको छ ।

हालसम्म हस्तान्तरित सामुदायिक वनको विवरण

गत योजना अवधीमा उपभोक्ता समुह गठन भई हस्तान्तरण भएका सामुदायिक वनहरुको विवरण अनुसूची १० मा उल्लेख गरिएको छ ।