१. जिल्ला वन पैदावार आपूर्ति समितिको बैठक :
यहि मिति २०७६/०८/२४ गते जिल्ला वन पैदावार आपुर्ती समिती मोरङको बैठक उक्त समितिका अध्यक्ष डिभिजनल वन अधिकृत विशाल घिमिरेको अध्यक्षतामा बसी बिराटनगर महानगरपालिका र बुढिगङा गाउपालिकाका विभिन्न १७० जना नयाँ घर निर्माण तथा मर्मतकर्ता निबेदकहरुलाइ घरकाज प्रयोजन र ४ वटा बिकासनिर्माण संस्था र बिध्यालयहरु लाइ बिकासनिर्माण प्रयोजनका लागि काठ बितरण गर्ने निर्णय गरियेको छ । काठ प्राप्तकर्ता सेवाग्राहीहरुको बिस्तृत बिबरण कार्यलयमा हेर्न सकिनेछ।
२. वन विज्ञान विषयक अध्ध्यन भ्रमण सम्पन्न
यहि २०७६ साल कार्तिक २२ देखि मङ्सिर ४ गतेसम्म त्रिभुवन विश्वबिध्यालय वन विज्ञान अध्ध्यन सन्स्थान हेटौंडा क्याम्पसका स्नातक(बि.एस्सी.) तेश्रो बर्षका ७६ जना बिध्यार्थीहरुले यस जिल्लाका केराबारी गाउपालिकाका एकता र हिमचुली सामुदायिक वन तथा सुन्दर हरैचा नगरपालिकाका सलकपुर सामुदायिक वनमा १४ दिने फिल्ड अध्ययन भ्रमण सम्पन्न गरेका छन। यस क्रममा उनिहरुलाइ जिल्लाको वन क्षेत्रको बारेमा, समग्र वन ब्यवस्थापन, सामुदायिक साझेदारी र निजि वन ब्यवस्थापन,प्पर्यापर्यटन, सिमसार, नर्सरी, बिरुवा उत्पादन र्बृक्षारोपण, आदिको बारेमा डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालयबाट सहजीकरण गरियेको थियो तथा एकता, हिमचुली, रमिते र सलकपुर सामुदायिक वन उपभोक्ता समूहहरुबाट बिध्यार्थी र भ्रमण दलका प्राध्यापकहरुलाइ बस्ने ब्यवस्थापनमा सहयोग गरियेको थियो ।
३. वैज्ञानिक वन ब्यवस्थापन बारेको स्थलगत भ्रमण सम्पन्न ।
यहि २०७६ मङ्सिर १९ गते डिभिजन वन कार्यालय धनकुटाबाटबाट डिभिजनल वन अधिकृत युवराज मास्के ज्यु एवम अन्य वन कर्मचारी, सामुदायिक वन उपभोक्ता तथा सरोकारवाला र सन्चारकर्मी सहितको एक टोलीले यस जिल्लाको सलकपुर सव डिभिजन वन कार्यालय स्थित स्थायी बहुबर्षिय वन नर्सरी तथा पथरी सनिस्चरे नगरपालिका ३ स्थित हरियाली सामुदायिक वनमा गरियेको बैज्ञानिक वन ब्यवस्थापनको स्थलगत अवलोकन र अध्ध्यन गरेको छ। उक्त अवसरमा प्रदेश वन निर्देशनालय प्रदेश नम्बर १, धरानका निर्देशक श्रीमान रबिन्द्र महर्जनज्युबाटबाट विशेष चासोका साथ सन्युक्त निरीक्षण भइ महत्वपूर्ण सुझाबहरु प्रदान गर्नुभयेको छ । उक्त अध्ध्यन दललाई मोरङका डि.व.अ. विशाल घिमिरे, स.व.अ. रामलखन ठाकुर, स.व.अ. लालबहादुर माझी, मोहम्मद अल्लाउद्दिन र हरियाली सा व उ स का अध्यक्ष काबुल बहादुर मगर लगायतले सहजिकरण गर्नुभयेको थियो ।